साउन ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४७ रुपैयाँ १० पैसा र बिक्री दर १४७ रुपैयाँ ७८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४९ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।