0 COMMENTS

असार ३१, काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले आजै स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ पनि लागू गरेको छ ।

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्दैछ । भारतबाट मुल्य घटबढ भएर आएमा नेपालमा पनि सोही अनुसार मूल्य समायोजन हुनेछ ।

यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

यससँगै, भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३।२७ रुपैयाँ र डिजेलमा ९।९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपीजीमा १३६.६० रुपैयाँ सस्तो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।