0 COMMENTS

जेठ ३२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ । बलिउड फिल्म ‘आदिपुरुष’मा जानकी भारतीय छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दी फिल्ममा रोक लगाउने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर बालेनले चलचित्रमा समावेश उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनुपर्ने अडान लिएका छन् ।

उनले यी शब्द सच्याउनका लागि तीन दिनको समय दिइएको समेत घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।