0 COMMENTS

जेठ १९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज बयन लिने तयारी भइरहेको छ । काठमाडौँ जिल्ला अदालतले आजै बयन सक्ने बताएको छ ।

बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको थियो । बिहीबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रायमाझीसँगै आङटावा शेर्पा र समशेर मियाँले बयान दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले मात्रै बयान दिन बाँकी छ ।

अब बयन दिन बाँकी खाँणसँगै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको छ । उनीहरू सबैको बयन आजै लिएर सक्ने तयारी अदालतको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।

प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । प्रकरणका आरोपितमध्ये १८ पक्राउ परेका छन् भने १२ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।