0 COMMENTS

जेठ ५, काठमाडौँ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने निर्णय गरेको छ । बुधबार नेकपाको पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा बसेकाे स्थायी समितिको बैठकले देशमा भ्रष्टाचारको जालाे ठुलो रहेको र त्यसविरूद्व कडा संघर्ष गर्न आवश्यक भएको निष्कर्ष निकालेकाे हाे ।

बैठकमा महासचिव विप्लवले भ्रष्टाचारविरूद्व सम्बाेधन गरिरहेको फेसबुक लाइभ कार्यक्रमलाई बन्द गर्ने षड्यन्त्रकारी हर्कत भएकोप्रति खेद प्रकट गरे । यस्तै नेकपाकाे बैठकले देशमा बढ्दै गएको संकट समाधानका लागि सबै माओवादी, कम्युनिस्ट शक्ति, देशभक्त र लोकतान्त्रिक शक्तिहरु बीच समाजवादी बृहत संयुक्त मोर्चा निर्माणमा जोड दिने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।