0 COMMENTS

वैशाख ३०, काठमाडौँ । आज कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्छ । अन्य प्रदेशमा भने दिउँसाे पानी पर्ने सम्भावना छैन । 

कोशी, मधेश, बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा पनि आंशिक, सामान्य बदली देखिएर मौसम सफा नै रहने महाशाखाले जनाएको छ । 

आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम समान्यतया सफा रहेन पूर्वानुमान छ । भोलि आइतबार पनि कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिमका केही स्थानमा आकाश गडगडाउँदै पानी पर्न सक्ने महाशाखाले सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।