0 COMMENTS

वैशाख २६, काठमाडौँ । सयुक्त संघर्ष समितिले कोशी प्रदेश नामकरणविरुद्ध आजदेखि फेरि आन्दोलन शुरु गर्ने भएको छ । मंगलबार झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै आन्दोलनको शुरुआत गर्न लागिएको हो । 

सयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार आजबाट पुनः शुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश–१ को नाम कोशी राखेपछि मुख्यतः किराँत र लिम्बुवान समुदायका मानिसहरु आक्रोशित हुँदै आएका छन् । यसैगरी बैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिस्कार तथा उपस्थित भएर विरोध गर्ने जनाइएको छ भने कोशी प्रदेशका जिल्लाहरुमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभर गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । 

जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने जनाइएको छ । यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउनेदेखि कोशी प्रदेश स्तरीय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाइएको छ ।

दलहरु मिलेर निकै नै ढिला गरी सहमतिमा प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरे पनि विरोध चर्किएको छ । यही कारण एमालेको केन्द्रीय कमिटी बैठक झापाबाट सारेर काठमाडौँमा गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।