0 COMMENTS

वैशाख ५, काठमाडौँ । नेपाल एयरलाइन्सले तीनवटा जहाज किन्ने तयारी थालेको छ । निगमले दुर्गम पहाडी जिल्लामा उडान गर्ने गरी उद्देश्यसहित एकैपटक तीनवटा जहाज किन्न लागेको हो । निगमले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको प्रवक्ता रमेश पौडेलले बताए ।

सरकारले हवाई सेवा नपुगेका दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई यातायातसँग जोड्न नयाँ जहाज किन्न लागेको निगमले बताएको छ । निगमले यथासक्य छिटो जहाजहरु निगमको आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको जनाएको छ ।

‘निगमसँग जहाज नभएकै कारण केही दुर्गम जिल्ला हवाई सेवामा जोडिन पाएका छैनन् । प्रवक्ता पौडेलले विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा निगमले नयाँ ३ वटा जहाज खरिद गरेपछि हवाई सेवाको साथै पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास व्यक्त गरेको छ ।

निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने भएको छ । जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध रहेको छ ।a

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।