0 COMMENTS

जेठ १८, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।