0 COMMENTS

जेठ १८, बाजुरा । बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । आइतबार बाजुरा जिल्लाको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।

घाँस काट्न गएको बेला लडेर उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए । त्यस्तै बडी मालिका नगरपालिका वडा नं. ६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया जसना खड्काको समेत भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनको मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साथै बडी मालिका नगरपालिका ९२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।