0 COMMENTS

मङ्सिर १०, जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ ।

जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ । यसअघि मङ्गलबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात रातभर जानकी मन्दिर प्रांगणमा विवाहको काज चलेको थियो ।

आज बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई दानदक्षिणासहित बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ । मङ्सिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवको पहिलो दिन दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर र छैटौं दिन विवाहपञ्चमी मनाइएको थियो ।

त्रेता युगमा मङ्सिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीता–राम विवाहपञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।