0 COMMENTS

मङ्सिर १०, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मङ्सिर १ देखि आज (मङ्सिर १० गते) सम्मको समय दिएको थियो ।

आयोगका अनुसार मङ्गलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् । निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् ।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको मङ्सिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मङ्सिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।