0 COMMENTS

असार १०, काठमाडौँ । कान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट कान्तिकारी युवा संघ नेपालको यही असार ७ र ८ गते ललितपुरको कुपन्डोलमा सम्पन्न भएको हाे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय भेलाले सूर्य तिमिल्सिना संयोजक र दोर्ची शेर्पा सहसंयोजक रहेको ३९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी निर्वाचित गरेको छ । उद्घाट र बन्द गरी दुई सत्रमा सम्पन्न राष्ट्रिय भेलाको उद्घाटन सत्रको अध्यक्षता सूर्य तिमिल्सिनाले गरेका थिए भने सञ्चालन दोर्ची शेर्पाले गरेका थिए ।

प्रमुख अतिथि गौरवले मैनवत्ति बालेर उद्घाटन गरिएको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा कार्यवाहक महासचिव गौरव, स्थायी समिति सदस्य रामसिंह श्रीसले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य संगिन भिउ थापाले राखेका थिए ।

उद्घाटन कार्यक्रम सम्पन्न भएलगत्तै बन्द सत्रमा परिणत भएको राष्ट्रिय भेलाको बन्दसत्रका लागि सूर्य तिमल्सिना, असल वाइवा र संगिन भिउ थापा रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनाइयो । बन्द सत्रमा सूर्य तिमल्सिनाले प्रतिवेदन र दोर्ची शेर्पाले अन्तरिम विधान प्रस्तुत गरेका थिए । छलफलपछि हलबाट प्राप्त सुझावहरुलाई समेट्ने गरी प्रतिवेदन र अन्तरिम विधान बन्द सत्रले पारित गर्यो । त्यसपछि बन्द सत्रले ३९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी निर्वाचित गर्यो । राष्ट्रिय सम्मेलन आयोजक समितिको पहिलो बैठक जेष्ठ सदस्य राजेन्द्र न्यौपानेको अध्यक्षतामा बस्यो । उक्त बैठकले सङ्गठनको संयोजकमा सूर्य तिमल्सिना र सहसंयोजकमा दोर्ची शेर्पालाई निर्वाचित गर्यो ।

बैठकले सूर्य तिमल्सिना, दोर्ची शेर्पा, असल वाइवा, संगिन भिउ थापा रहेको पाँच सदस्सीय सचिवालयको पनि गठन गरेको छ । राष्ट्रिय भेलाद्वारा नवनिर्वाचित सम्मेलन आयोजक समितिलाई पार्टीका कार्यवाहक महासचिव गौरव र स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रशिक्षणात्मक मन्तव्यसहित बधाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।