0 COMMENTS

असार १०, काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको हो।

सरकारले गठन गरेको अध्यागमन र भिजिट भिसाबारे उच्चस्तरीय अध्ययन र छानबिन समितिलाई तीन महिनामा प्रतिवेदन बुझाउने समय तोकिएको छ । उच्चस्तरीय समिति गठनसँगै सो प्रकरणमा निष्पक्ष छानबिन हुने अपेक्षा गरिएको छ।

एक मन्त्रीका अनुसार उक्त समितिको समयअवघि ३ महिना र १३ लाख बजेट विनियोजन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।