0 COMMENTS

भदौ १३, काठमाडाैँ  । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने, कम्तीमा दुई दर्जन भन्दाबढी घाइते भएका छन् । आज बिहान दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना भएको हो ।

घाइतेहरुमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा १ जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिसकेको छैन । बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।