0 COMMENTS

असार ३, काठमाडौंँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बुधबार अमेरिकी डलर र कतारी रियालको मूल्य स्थित छ । यूरो सामान्य बढ्दा बेलायती पाउण्डको विनिमयदर करिब तीन अंकले बढेको छ । बुधबार १७२ मा कारोबार भएको बेलायती पाउण्डको बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ शून्य पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।