0 COMMENTS

असार २४, हैदराबाद । अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको छ। एकता अधिवेशनको अध्यक्षता आनन्द थापाले गर्नु भयो। अतिथिहरूको आशन ग्रहण पछि सहिदहरूको सम्झनमा १ मिनेट मौनधारण गरिएको थियो ।

उपस्थित जनमानसलाई शब्दबाट गोविंद पान्डेले र संगीतबाट रक्तिमका कलाकारहरूले आउ है एकताका हातहरूले तिमीलाई स्वागत छ भन्ने गितद्धारा स्वागत गर्नु भएको थियो। त्यस पछि प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा भारत प्रदेश इन्चार्ज कृष्ण धमला (गम्भीर) ले मैन बत्ती प्रज्वलित गरेर तालीको गडगडाहटमा एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो। उहाँले मन्तव्यको क्रममा एकता अधिवेशनको आवश्यकताबारे प्रष्ट पार्नु भएको थियो । त्यस पछि दुवै समाजका पदाधिकारीहरूको संयुक्त नामावली प्रमुख अतिथिले घोषणा गर्नु भएको थियो। एकता अधिवेशनले आनन्द थापाको अध्यक्षतामा १६३ सदस्यीय अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समिति निर्माण गरेको छ।

जस्मा उपाध्यक्ष गोविंद पान्डे (पंजाव) उपाध्यक्ष खिमानन्द न्यौपाने (ईलाहवाद) उपाध्यक्ष कृष्ण वि. क (बेंगलोर), महासचिव महेन्द्र बस्याल (चेन्नै,) सचिव नारायण शर्मा (दिल्ली), सचिव रामसिंह बिक (बेंगलोर, सचिव (हरिसचन्द नेपाली) कर्नाटक, कोषाध्यक्ष दिपक तिरूवा (उत्तराखंड ) रहेका छन् ।

यसमा ९ जना पदाधिकारी रहेको कार्यालय र ३१ सदस्यीय सचिवालयको पनि गठन गरेको छ। एकता अधिवेशनको सफलता तथा बधाई दिनेहहरूमा महिला विभाग संयोजक दुर्गा सुवेदी, विद्यार्थी विभाग संयोजक बिक्रम केसी, साँस्कृतिक विभाग संयोजक राम सिंह बिक, जनजाती विभाग संयोजक सुर्य थापा, समता विभाग संयोजक एमबी हमाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सचिवालय सदस्य खगेस्वर शर्मारहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।