0 COMMENTS

असार २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका छन् ।

प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन उनले नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिए । साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् ।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम गरिरहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।