0 COMMENTS

असार २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् । यसका लागि उनले असार २८ गते शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र लेखेका छन् ।

पुस १०, ०७९ मा प्रचण्ड प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् । अब असार २८ मा प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमाले गठबन्धन बन्ने भएपछि विश्वासको मत लिन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।