0 COMMENTS

जेठ २८, काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका हुन्।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काले प्रेसमार्फत् वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने बताएका छन् । अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले जानकारी दिए। बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको क्यानले उल्लेख गरेको छ।

यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।