0 COMMENTS

जेठ १५, काठमाडौँ । महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको चार दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रूपमा सडकमा सघाउने छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् ।

लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।