0 COMMENTS

“युरोपमा क्रियाशील आठओटा माओवादी पार्टीहरुद्वारा मई १६ का दिन प्रकाशित संयुक्त वक्तव्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा केन्द्रीय कार्यालय सचिव इन्द्रमोहन सिग्देल बसन्तले गर्नु भएको नेपालीमा भावानुवादलाई यहाँ प्रस्तुत गरिएको हो ।”

अस्ट्रिया कम्युनिस्ट पार्टी (माओवादी) निर्माण समिति, कमिटी रेड स्टार, डेनमार्क, फिनल्यान्डको माओवादी समिति, माओवादी कम्युनिस्ट पार्टी फ्रान्स, रेड फ्ल्याग कमिटी, जर्मनी, नेदरल्यान्ड्सको कम्युनिस्ट कमिटी, जनताको सेवा गर –नर्वेको कम्युनिस्ट लिग, माओवादी कम्युनिस्ट पार्टी–स्पेनिश राज्यले जारी गरेको वक्तव्यलाई यहाँ प्रस्तुत गरिएको हो ।

अनुवादक : इन्द्रमोहन सिग्देल

आगामी युरोपेली चुनावमा भाग लिन लाखौँ मानिसहरूलाई आह्वान गरिएको छ । जुन ६ देखि ९ सम्म युरोपेली संघका २७ सदस्य राष्ट्रका मतदाताले युरोपेली संसदका ७२० सदस्य छनोट गर्नेछन् । साम्राज्यवादीहरूले आफ्नो सबै प्रचार शक्ति (युरोपभरि साम्राज्यवादी युद्धको डर, आतंकवादको डर, जनताको समस्या हल गर्न सुधारकोे भ्रम) प्रयोग गरेर आम जनतालाई यी चुनावमा व्यापक रूपमा भाग लिन आग्रह गरेका छन् । युरोपेली संघ साम्राज्यवादीहरूको गठबन्धनका रूपमा जन्मिएको थियो र आज पनि त्यही हो । साम्राज्यवाद अन्तर्गत “सामाजिक” वा “लोकतान्त्रिक” युरोपको कुनै सम्भावना छैन । उनीहरूले साम्राज्यवादका प्रतिक्रियावादी परियोजनाहरूलाई जनमतबाट वैधानिकता दिन उनीहरूले उच्च सहभागिताको आह्वान गर्ने गर्छन् ।

युरोपेली संघका प्रतिक्रियावादी नीति र विभिन्न सदस्य राष्ट्रहरू बीचका भिन्नता राजनीतिक संस्थाहरूको (परिषद्, संसद, शिखर सम्मेलन) “लोकतान्त्रिक खेल” का कारणले होइन, ती त साम्राज्यवादीहरूको सांठगांठ र बेमेलका कारण पैदा भएका हुन् । युरोपेली संघ एउटा गठजोड (द्ययिअप) वा “युरोपेली साम्राज्यवाद” होइन, बरु यो फ्रान्ससँग मिली अमेरिकी साम्राज्यवादसँग घुर्की लगाउने हैसियत बनाउन जर्मनीको आधिपत्यमा रहेका युरोपका देशहरूको गठबन्धन हो । अन्य साम्राज्यवादी देशहरू (इटाली, स्पेन, बेल्जियम, फिनल्यान्ड) यसबाट फाइदा उठाउन र आफ्नो स्थिति सुधार गर्न चाहन्छन् । त्यसैले “युरोपेली साम्राज्यवाद” भन्ने त्यस्तो कुनै चिज छैन ।

पछिल्ला वर्षहरूमा विशेष गरी युक्रेनमा रूसी साम्राज्यवादीे अतिक्रमणको युद्धपछि युरोपेली संघको सैन्यीकरण बदनाम भएको छ । यो साम्राज्यवादी आक्रमणको फाइदा उठाउँदै, इयुले आफ्नो युद्धोन्मादी वार्ता र आफ्नो सैन्यीकरण प्रक्रिया बढाएको छ । थप सैन्य बजेट, थप हतियार, थप दमन…। झन ठुलो सैन्यीकरणका साथ उनीहरू जनतालाई दबाउन र क्रान्तिलाई पर धकेल्न चाहन्छन् । यसबाहेक, उनीहरूले साम्राज्यवादी युद्धबाट डराएको जनमत खोज्छन् । उनीहरू नयाँ महाशक्ति बन्न र विश्व युद्धको माध्यमबाट संसारको नयाँ लुटलाई विभाजन गर्दै अहिले अमेरिकी साम्राज्यवादले कायम गरेको आधिपत्यलाई तोड्न र नयाँ महाशक्ति बन्न खोजेका छन् । यसैकारण जर्मनी र फ्रान्सले आफ्ना युद्धोन्मादी भाषणहरू र बढ्दो सैन्य कारबाहीहरूद्वारा युद्धको ढोल बजाउँदै छन् ।

साम्राज्यवादीहरूले पूर्वी र दक्षिणी युरोप र बाल्टिकका क्षेत्रका उत्पीडित राष्ट्रहरूलाई लुटिरहेका छन् । साम्राज्यवादलाई आफ्नो अधीनमा राख्नका लागि युरोपेली संघभित्रै उत्पीडित राष्ट्र हुनु पर्छ भन्ने छैन, त्यसो हुँदा उसलाई सजिलो अवश्य हुन्छ । यसो हुँदा ग्रीस, रोमानिया, बुल्गारिया, पोल्याण्ड, लिथुआनिया जस्ता देशमाथि सजिलै प्रभुत्व जमाउनका लागि उनीहरूलाई साझा नीतिमा ल्याएका छन् । गत मार्चमा भएको ईयू शिखर सम्मेलनमा बोस्निया–हर्जगोभिनालाई समावेश गर्ने प्रक्रिया नयाँ स्तरमा पुगेको छ । यसरी, पहिले देखिनै उम्मेदवार रहेका सर्बिया, मोन्टेनेग्रो र उत्तरी म्यासेडोनिया यसमा सामेल हुनेछन् । साम्राज्यवाद भोको छ धेरै खान खोज्छ । नाफा धेरै हुने युरोप बाहिरका देशहरुमा साम्राज्यवादीहरूले “साझा विदेश नीति” प्रयोग गरेर संसारलाई विभाजन गरिरहेका छन् ।

युरोपेली संघले अवलम्बन गरेका साझा नीतिहरू स्पष्टतः प्रतिक्रियावादी, अपराधी र साम्राज्यवादीहरूको सेवामा छन् । यसलाई भित्रबाट परिवर्तन गर्न सकिँदैन । दमनको साधन भनेको दमनकै साधन हो । यस्ता धेरै उदाहरणहरु छन् । संसदीय राजनीतिमा, युरोपेली सामाजिक कोष (इएसएफ) लाई प्रयोग गरी उत्पीडित ईयूका सदस्य राष्ट्रहरूलाई साम्राज्यवादीका सर्तहरू जबरजस्ती स्वीकार गर्न लगाइन्छ । युरोपियन युनियन बाहिरका उत्पीडित राष्ट्रका उद्योगमा वित्तीय पूँजीको निर्यात बढाउन तिनीहरूले पाखण्डी शैलीमा “पर्यावरण” को प्रचार गर्छन् । विभिन्न आप्रवासन सम्झौताका कारण इयुको सीमा क्षेत्रमा पर्ने भूमध्यसागरलाई सामूहिक चिहानमा परिणत गरिएको छ, हजारौं जनताको नरसंहार भएको छ । साझा कृषि नीति (सिएपी) ले ग्रामीण क्षेत्रका साना उत्पादकलाई एकाधिकारको अधीनमा राखेको छ । संस्कृतिका क्षेत्रमा, तिनीहरूले “युरोपेली भावना” लाई बढावा दिने सांस्कृतिक र सामाजिक परियोजनाहरूलाई वित्तीय लगानी गर्ने गर्दछन् । यो सबै सैन्यीकरण र युद्धोन्मादको बढ्दो चक्रमा छ ।

युरोपेली संघको बढ्दो प्रतिक्रियावादीकरण, सैन्यीकरण र युद्धोन्मादी वार्ता युरोपेली संघको विजयको प्रमाण होइन । यसको विपरित, यो यसकोे संकट गहिरिनु र मक्किंदै जानुको प्रमाण हो । यस दशकको सुरुदेखि नै साम्राज्यवाद र नोकरशाही पुँजीवादको संकट विश्वभर झनझन बिग्रँदै गएको छ, जसले यसको विघटनलाई अरु गहि¥याएको छ । साम्राज्यवादीहरूले पहिले जस्तै शासन गरिराख्ने स्थिति छैन । वर्तमान समयमा मुख्य अन्तर्विरोध उत्पीडित राष्ट्रहरू र साम्राज्यवादी महाशक्तिहरू तथा शक्तिहरूका बीचको अन्तर्विरोध हो । जनताको विस्फोटक स्थितिले साम्राज्यवादी, प्रतिक्रियावादी र संशोधनवादीहरूलाई थरथर कँपेका छन् । विश्व सर्वहारा क्रान्तिको नयाँ महान् लहरको अंशका रूपमा क्रान्तिको नयाँ चक्र विस्तारै देखिन थालेको छ ।

यो संसारभरि र तार्किक रूपमा, “पुरानो महाद्वीप“ मा पनि भइरहेको छ । वहादुुर प्यालेस्टिनी राष्ट्रिय प्रतिरोधसँग एकताबद्ध भएर गरिएका जनपरिचालन र संघर्षहरूले बुर्जुवा लोकतन्त्रको पाखण्ड प्रदर्शन गर्दछ, जहाँ दमनका बावजुद जनता प्यालेस्टाइनका लागि लडिरहेका छन्, र लड्न जारी राख्नेछन् । विशेष गरी फ्रान्समा सर्वहारा युवाहरूको विरोधले साम्राज्यवाद कागजी बाघ हो भन्ने देखाउँछ । साझा कृषि नीतिका (सिएपी)का विरुद्ध विरोध प्रदर्शनका लागि लगभग सबै युरोपेली देशका हजारौँ किसानहरू सडकमा उत्रिए । जातिवादी आप्रवासन नीतिका विरुद्धको संघर्षले देखाउँछ कि जनताले अन्तर्राष्ट्रिय एकताका लागि प्रयासरत छन् । सम्पूर्ण युरोप बारुदको ड्रम हो जुन कुनै पनि क्षणमा विस्फोट हुन सक्छ । संक्षेपमा भन्नुपर्दा, परिस्थितिले साम्राज्यवादको संकट, त्यसको विघटन र जनताले कसरी दिशा खोजिरहेका छन् भन्ने देखाउँछ । त्यो दिशा यसको अग्रगामी कम्युनिस्ट पार्टीले मात्र दिन सक्छ ।

यो स्थितिले क्रान्तिका गर्न र क्रान्तिद्वारा सत्ताका लिनका लागि माक्र्सवाद–लेनिनवाद–माओवादद्वारा निर्देशित कम्युनिस्ट पार्टीहरूको गठन वा पुनर्गठन गर्ने क्रान्तिकारीहरूको कामलाई औल्याउँछ ।

जनताले बुर्जुवा लोकतन्त्र र यसका प्रशासकहरूलाई विश्वास गर्दैनन् । क्रान्तिका लागि अनुकूल वस्तुगत परिस्थिति अहिले जति परिपक्व कहिल्यै थिएन । हामीले साहसका साथ आत्मगत परिस्थिति दृढतापूर्वक विकास गर्नुपर्छ । हामी जनतामा भर परौँ, साम्राज्यवादी संस्थाहरूको मुकुण्डो खोलौँ, संसदीय भ्रम हटाऔँ, अर्को बुर्जुवा नेतालाई वैधानिकता दिन खोज्ने संशोधनवादी र अवसरवादीहरूको आलोचना गरौँ । युरोपियन युनियनलाई साम्राज्यवादीहरूको गठबन्धनको रूपमा भण्डाफोर गर्ने बलियो बहिष्कार अभियान चलाऔंँ । भोट हाल्नु भनेको भनेको बुर्जुवा वर्गलाई छान्नु हो । मतपेटिकामा कुनै कामदारले पनि मतदान नगरौं । १२ ताराहरू जडित निलो झण्डा पहिले बढि झुकेको छ । हामी रातो झण्डा उचाइमा उठाऔं ।
साम्राज्यवादीहरुको गठबन्धन मूर्दावाद !
युरोपेली संसदको निर्वाचन बहिस्कार गारौ !

हस्ताक्षरकर्ताहरूः

अस्ट्रिया कम्युनिस्ट पार्टी (माओवादी) निर्माण समिति
कमिटी रेड स्टार, डेनमार्क
फिनल्यान्डको माओवादी समिति
माओवादी कम्युनिस्ट पार्टी फ्रान्स
रेड फ्ल्याग कमिटी, जर्मनी
नेदरल्यान्ड्सको कम्युनिस्ट कमिटी
जनताको सेवा गर –नर्वेको कम्युनिस्ट लिग
माओवादी कम्युनिस्ट पार्टी–स्पेनिश राज्य

नोट : युरोपमा क्रियाशील आठओटा माओवादी पार्टीहरुद्वारा मई १६ का दिन प्रकाशित संयुक्त वक्तव्यलाई नेपालीमा भावानुवाद गरी पुनः प्रकाशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।