0 COMMENTS

जेठ १०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १८००  रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।