0 COMMENTS

जेठ ७, सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा मिनी बस सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको बसमा सवार २१ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।