0 COMMENTS

वैशाख ३०, नेपालगञ्ज । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले निजी शैक्षिक संस्थाका लुट र शोषण विरुद्ध निरन्तर हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ । बैशाख २४ देखि सुरु भएको हस्ताक्षर अभियान जेष्ठ १ गतेसम्म सञ्चालन गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पाटि नेपाल निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा भएको अनियमितता, प्रत्येक बर्ष लगाइएको भर्ना शुल्क, दस कक्षासम्मको सम्पुर्ण शिक्षा निःशुल्क, सहितका आठ सुत्रीय माग राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पर्चा हस्तान्तरण गरी आम सरोकारवाला सवैको हस्ताक्षर अभियानको सुरुवात गरेको थियो । शैक्षिक माफियहरुका विरुद्ध चलाइएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउदै विभिन्न वामपन्थी विद्वान बुद्धिजीवी, पुर्व जनप्रतिनिधि, व्यापारी, वकिल, विभिन्न पेशाकर्मी, निजी स्कुलका शिक्षक र सामुदायिक स्कुलका शिक्षक संचालक समेतले हस्ताक्षर अभियानमा साथ दिएको आयोजक संगठनले जानकारी दिएको छ ।

अखिल (क्रान्तिकारी) बाँकेले हस्ताक्षर अभियान किन ? भन्ने शीर्षकमा सातवटा कारण अगाडि सारेको छ । जस अनुसार शिक्षा निर्देशिका विपरीत भर्ना शुल्क भनेर एउटै विद्यार्थीको प्रत्येक बर्षमा भर्ना शुल्क लिने कार्य बन्द गर्न, पाठ्यपुस्तक र ड्रेस तोकिएको ठाउँबाट मात्रै खरिद गर्न बाध्य पार्ने अवस्था अन्त्य गर्न तथा पुस्तक खरिदमा न्यूनतम २५ प्रतिशत सहुलियत कायम गर्न, विभिन्न वहानामा शुल्क असूल गर्ने कार्य बन्द गर्न र गतवर्षको तुलनामा ५० प्रतिशत शुल्क घटाउन, अध्ययन पश्चात् विद्यार्थीको प्रमाण पत्र निःशुल्क पाउने व्यवस्था लागू गराउन, दैनिक भिन्नाभिन्नै पोसाक लगाउनुपर्ने व्यवस्थाको अन्त्य गर्न र पोसाकमा एकरुपता कायम गर्न, विद्यार्थीमाथि यातना दिन राखिएका डिआई खारेजी गर्न, निर्देशिका बमोजिम छात्रवृत्ति व्यवस्था लागू गर्न र कालो नम्बरको प्लेट स्कूल बस सञ्चालनमा रोक लगाउन आदि कारणले हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको सो संगठनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।