0 COMMENTS

वैशाख १६, काठमाडौँ । उपनिर्वाचनको मतगणनाको तयारी भइरहेको छ । इलाम क्षेत्र नम्बर २ को मतगणना हिजो साँझबाटै गर्ने भनिएपनि मतपेटिका संकलनमा ढिलो हुँदा मतगणना सुरु हुन सकेको थिएन । त्यसैगरी बझाङ क्षेत्र नम्बर १ (१) को मतपेटिका आज विहानसम्म संकलन भइसक्ने र  त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ । इलामको मतगणना सदरकुकामको गौतमबुद्ध सभागृह हुने छ । मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुनेछ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि हिजो रातिबाट मत गणना हुन सकेको हो । इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । यसैगरी बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका अहिले ल्याउने तयारी भइरहेको छ । आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।