0 COMMENTS

वैशाख १३, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले भुमि ब्यबस्था बिभागका भ्रस्ट महानिर्देशक बिदुरप्रसाद खनाललाई उनकै कार्यकक्षमा कालोमोसो दलेको छ ।

बुधबार दिउँसो २ बजे क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताको पहलमा उनकै कार्यकक्षमा कालामोसो दलेको हो । उनीहरुले उनलाई कालोमोसो किन दल्नु परेको हो त्यसको कारणसहित उल्लेख गरेका थिए ।

कालोमोसो किन ? भनेर निम्न तीनवटा महत्वपूर्ण बुँदाहरु नाराका रुपमा उनलाई बताइएको थियो ।

(१) सार्बजनिक जग्गा ब्यक्तिको नाममा दर्ता गर्न आर्थिक चलखेल गरेको ।, (२) देशभरका गुठीहरु सिध्याउन गिरोह नै सञ्चालन गरेको, (३) उपत्यका लगायत देशभरका भु–माफियालाई संरक्षण गरेको ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुलाई पछिल्लोसमय कालोमोसो दल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।