0 COMMENTS

वैशाख ८, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएपछि आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार भएको सेमिफाइनलमा कुनै पनि ब्याटर राम्रोसँग चल्न नसक्दा यूएईसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो सेमिफाइनलमा ओमानसँग पराजित हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो ।

हङकङसँगको आजको खेल जितेमा नेपालले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउनेछ । उक्त प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाकाका ए टोली सहभागी हुनेछन् । ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधिका लागि यूएईसँग फाइनलमा भोलि प्रतिस्पर्धा गर्ने भएको हो। फाइनल पुगेका ओमान र यूएई इमर्जिङ टिम्स एशिया कपका लागि छनोट भएका छन् भने उपाधि विजेताले आगामी एशिया कपमा खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।