0 COMMENTS

वैशाख ४, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २.९६ र डिजेल प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।