0 COMMENTS

वैशाख ३, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत निकालेको हो । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ ।

११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । त्यस्तै रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।