0 COMMENTS

चैत १३, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन् ।

चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका स्थायी समिति सदस्यसमेत रहेका वाङबीच सोमवार बेइजिङमा भएको भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार आर्थिक विकास र समृद्धिको विषयमा छलफल भएको थियो । त्यसैगरी अध्यक्ष वाङले नेपाल र चीनबीचको सम्बन्ध मजबुत रहेकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आइतबार साँझ चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री श्रेष्ठ सोमवार राजधानी बेइजिङ पुगेका थिए । मन्त्री श्रेष्ठलाई चीनको विदेश मन्त्रालयका डेपुटी डाइरेक्टर जनरल चाङ माओमिङलगायतका अधिकारीहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।