0 COMMENTS

चैत ११, काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौँ उपत्यकासहित देशका हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ धुमधामसँग मनाइँदैछ । ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।

फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ । फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।