0 COMMENTS

फागुन ४, दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) दाङले “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक प्रथम अन्तर मा बि नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता-२०८० कार्यक्रम माध्यमिक बिद्यालय सेन्टर तुलसीपुर दाङमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष इन्दु वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इञ्चार्ज दिपक बिष्ट, बिशिस्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका पाच नम्बर प्रदेश संयोजक अटल, पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समीर के सी, अखिल (क्रान्तिकारी) पाच नम्बर प्रदेश इञ्चार्ज नवीन खडका, महेन्द्र बहुमुखी क्याम्पस का उपप्राध्यापक रमेश लम्साल, जिल्ला प्याप्सन दाङका अध्यक्ष मधुसूदन के सी, नगर प्याप्सन का का बा अध्यक्ष सुमन के सी, लगाएतको उपस्थिति थियो ।

कार्यक्रममा अतिथिहरुको स्वागत अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य निशा बोहराले गर्नु भएको थियो भने बिषय प्रबेश अखिल (क्रान्तिकारी) प्रदेश संयोजक नवीन खडकाले गर्नु भएको थियो ।

तुलसीपुर नगर भित्रका जम्मा अठार वटा माध्यमिक बिद्यालयका छात्रछात्राहरुले बिषयको गम्भीरता जटिलतालाई सरल ढङ्गले प्रस्तुत गरेका थिए । सबैले सुन्दर कलात्मक ढंगबाट प्रस्तुत गरेको बतृत्वकला प्रतियोगितामा निर्णायकहरुको मुल्यांकनका आधारमा बिभिषा के सी मेरीगोल्ड मा बि प्रथम भएकालाई नगद १५०००/- ट्रफि र प्रमाणपत्र, बिनोद के सी ज्ञान ज्योति मा बिका छात्र  द्दितिय नगद दस हजार  ट्रफि र प्रमाणपत्र, कृष्टिना बुढाथोकी तृतीय लाई पाँच हजार रुपैया ट्रफि र प्रमाणपत्र  तथा गुरु जजुर मा बि रक्षाचौर का सलिना वलीले सान्त्वना भएकाले दुई हजार पाच सय नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त पुरस्कार प्रमुख अतिथिबाट बितरण गर्नु भएको थियो । 

कार्यक्रममा वक्ताहरुले “पुँजी र प्रतिभा पलायन”का बिषयमा दरो खरो रुपमा सबैले गरेका तर्कहरु अकाट्य छन् । बाह्र कक्षा पास गरेपछि बिदेशिने प्रबृत्तिले गर्दा आर्थतन्त्रमा गम्भीर असर परेकोले अहिलेको आर्थिक मन्दी यसैको प्रतिफल भएको बताए । तेस्रो बाटोहुदै अबैध रुपमा बाहिरीने सङ्ख्या राज्य सङ्ग नरहेकोले सरकारी डाटा अपुरो रहेको बताए । युवाहरूले देशमा भबिस्य नदेखेपछि बिदेशीन बाध्यता रहेको बताउदै देशमा शिक्षा स्वास्थ रोजगारको ब्यबस्थापन गर्नुको साटो सरकार बिदेशी मुलुकमा श्रम सम्झौता गर्न आतुर रहने गरेकोले पनि बालबालिका र बृद्धअबश्था रहेका बुवाआमा देशमा रहने र केही बर्षपछि मलामी समेत भारतबाट बोलाउनपर्ने अबस्था अाउने कुरा बताए ।

अहिलेका बिद्यार्थीहरु बाह्र कक्षा पास गर्ने बित्तिकै बिदेशीएका कारणले बिश्वबिद्धालय खाली हुदै गएको बताउदै तत्काल शिक्षा निति परिवर्तन गर्नुपर्ने बिचार राखे । बिशिस्ट अतिथि पाँच नम्बर प्रदेश इञ्चार्ज तथा केन्द्रीय सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता समेत रहनु भएका अटल ले यो सबै बिकृत्तिको जड राज्य ब्यबस्था भएकोले यो ब्यबस्था रहदासम्म बिदेशीनु बाध्यता रहने कुरा राख्दै देश दुनियाँ बदल्न जनयुद्धको जगमा टेकेर संघिय जनगणतान्त्रिक राज्य ब्यबस्थाबाट बैज्ञानिक समाजबादमा पुगेपछि मात्रै देश दलाल पुजीवादी शासनको अत्य हुने र त्यसपछि मात्र बिदेशीने प्रबृत्तिको अत्य हुने कुरा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।