0 COMMENTS

पुस २४ उदयपुर । नेपाल र भारत सरकारबीच पुस १९ गते भएको राष्ट्रघाती सम्झौताको विरुद्ध उदयपुरमा सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले कोणसभा सम्पन्न गरेको छ । सदरमुकाम गाइघाटमा भएको उक्त कोणसभामा पार्टी इन्चार्ज मोहनसिंह तामाङ र दनुवार राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मानबहादुर दनुवारले बोल्नु भएको थियो ।

गत १९ गते नेपाल भारत बिच भएको चारबुँदे सम्झौतामध्ये तीन वटा बुँदाप्रति असहमती जनाउँदै गरिएको उक्त कोणसभामा ‘उच्च प्रभाबयुक्त सामुदायिक आयोजना’ को नाममा भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना संचालन गर्न सक्ने सम्झौता हुनुले नेपाललाई भारतको एउटा प्रान्त ठान्नु र नेपाल भारतको उपनिबेश भएको बताउँदै संसदीय दलाल ब्यबस्थाको प्रचण्ड सरकार भारतको चाटुकार भएको बक्ताहरुले बोलेका थिए ।

त्यसैगरी भारत सरकारको सहयोगमा नेपालमा सेटेलाइट संचालन गर्ने र नेपालको जलस्रोतमा बिदेशी लगानी भित्र्याउन खोजे भारतलाइ प्राथमिकता दिनु पर्ने सम्झौता गर्दै २५ बर्से उर्जा व्यापार सम्झौता गर्नुले नेपालको स्वाधीनतामाथि भारतले आक्रमण गरेकोले तत्काल उक्त सम्झौता खारेजी हुनु पर्ने अन्यथा देशमा ठूलो आँधिबेहेरी आउने बक्ताहरुले चेताबनी दिएका थिए । उक्त कोणसभाको संचालन नगर इन्चार्ज लिलबहादुर बिकले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।