0 COMMENTS

पुस ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । पुस ३ गते प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन पत्र बुझाएको क्रान्तिकारी युवा संगठन नेपालले भोलि (पुस १० गते) काठमाडौँमा विशाल मार्चपासको आयोजना गर्दैछ ।

युवा मार्चपासमा हजारौ क्रान्तिकारी युवाको सहभागिता हुने संगठनका संयोजक हरिश भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार युवा मार्चपासलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विशेष सम्बोधन गर्नुहुनेछ । रत्नपार्कस्थित खुल्लामञ्चमा जम्मा भएर युवा मार्चपास सुरु हुने र नगरपरिक्रममा गरेर शान्तिबाटिकामा पुगेर विशेष समारोहमा परिणत हुने बताइएको छ ।

भोलि (मङ्गलबार) डिसेम्बर २६ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान नेता कमरेड माओको जन्मदिवस समेत रहेकोले माओ दिवसको अवसर पारेर मार्चपास गर्न लागिएको र २० बुँदे ज्ञापन पत्रमा उल्लेखित मागहरु पूरा नगरे सशक्त संघर्षमा उत्रने चेतावनीका लागि समेत युवा मार्चपासको आयोजना गरिएको सम्बद्ध संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।