0 COMMENTS

पुस ९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको छ ।

विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।