0 COMMENTS

पुस ७, काठमाडाैँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनको एकता भई बनेको क्रान्तिकारी महिला संगठन, नेपालको ४ नम्बर प्रदेशको एकता भेला सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न भएको एकता भेलाले लक्ष्मी खड्काको संयोजकत्वमा ३९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।

भेलाले संगठनको सहसंयोजकमा देवी थापा र उर्मिला श्रीस र सदस्यहरुमा सीता परियार, बिना बुढाथोकी, गीता पाण्डे, लक्ष्मी मल्ल, तेज कुमारी घर्ती, कल्पना थापा, कल्पना गौतम, बिनिता तामाङ, बिष्णु राना, उजेली रानाभाट, हेमकुमारी आले, सृजना थापा, माया सापकोटा, संगिता पंगेनी, उषा परियार, कल्पना पारेल, मिना बि.क., बिमला बि.क., कमला बि.क., बिना बि.क., चन्द्रा बि.क., अमृता बि.क., यममायाँ बि.क., सरस्वती बि.क., राधा बि.क., सीता बि.क., सुकमयाँ बि.क., आसमायाँ बि.क., निर्मला बि.क., अनुषा बोहरा, पबित्रा बोहरा, शर्मिला नेपाली, सुशीला थापा, हिमाल आलेलाई निर्वाचित गरेको छ । निर्वाचित कमिटिले दुई सदस्य पछि थप्ने भेलाबाट म्याण्डेट लिएको सम्बद्ध संगठनले जनाएको छ ।

संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाको अध्यक्षता लक्ष्मी खड्काले गर्नुभएको थियो भने सञ्चालन देवी थापा र स्वागत मन्तव्य उर्मिला श्रीसले गर्नुभएको थियो । भेलाको विशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका ४ नम्बर प्रदेश सहसयोजक डम्बर बि.क. र अतिथिहरुमा केन्द्रीय सदस्य नारायण अधिकारी, गोकुल पराजुली, स्याङ्जा जिल्ला संयोजक शारदा शाह, अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय सदस्य सुशीला थापा, कास्की जिल्ला सहसंयोजक रबिन्द्र राई, दलित मुक्ति मोर्चा, नेपालका प्रदेश इञ्चार्ज चिनकाजी रसाइली हुनुहुन्थ्यो ।

भेलामा प्रमुख अतिथि एवं क्रान्तिकारी महिला संगठन, नेपालकी केन्द्रीय संयोजक अम्बिका मुड्भरीले प्रशिक्षण मुलक शुभकामना मन्तव्य राख्नु भएको थियो भने डम्बर बि.क., नारायण अधिकारी, गोकुल पराजुली र सुशीला थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।