0 COMMENTS

मङ्सिर ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको फैसला गर्दै कैद र सजाय तोकेको हो ।

न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरु हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको हो । उनीहरुले ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ । उक्त घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझालाई अदालले सफाइ दिएको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका तत्कालिन इकाइ सभापित आचार्य, सचिव रावल लगायतको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो ।

उनीहरुलाई कारबाहीको माग गर्दै चलाउनेले तीन वर्षदेखि संघर्ष गर्दै आएका थिए । चलाउनेमाथि आक्रमण गर्ने सबै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघसँग आबद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।