0 COMMENTS

कात्तिक १५, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किएका छन् । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर बुधबार बिहान १० बजे महासचिव एन्टोनियो गुटेरेस न्युयोर्क फर्किएका हुन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरेका छन् । विमानस्थलमा उनको विदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकारी नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेहुको थियो । उनी कतार एयरवेजको उडानमार्फत बिहान १० बजेपछि न्युयोर्क प्रस्थान गरेका हुन् ।

न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए । आइतबार राति काठमाडौँ आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका राजनीतिक दलका नेताहरू र मन्त्रीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

नेपाल बसाइका क्रममा उनले आइतबार उपत्यकाको पाटन दरबार स्वायर क्षेत्रसँगै उपत्यका बाहिर पोखरा, सोमबार सोलुखुम्बुको सगरमाथा क्षेत्र मंगलबार अन्नपुर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेका थिए । मंगलबार सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पुगेका महासचिव गुटेरेसले शान्ति भूमि लुम्बिनीबाट इजरायल–हमास युद्ध रोक्नुपर्ने, म्यानमार, सुडानलगायतका राष्ट्रमा भएको अशान्ति हटाउन अपिल गरे ।

संघीय संसदको दुवै सदनलाई मंगलबार साझ सम्बोधन गरेका महासचिवले संक्रमणकालीन न्यायको केन्द्रमा पीडितलाई राखेर टुङ्याउनुपर्ने,नेपालमा जलवायु परिवर्तनको असर विनाशकारी रहेको र त्यसमा आफूले साथ दिने एवम् विश्वशान्तिका लागि नेपालको योगदान प्रशंसनीय रहेको भन्दै मुख्यगरी तीन सन्देश दिएर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।