0 COMMENTS

कात्तिक २, काठमाडौँ । सशस्त्र प्रहरीले पेट्रोल पम्पमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको खुलासा भएको छ । एपिएप स्वम्भूस्थित हलचोक फ्युल सेन्टरबाट कम परिणाममा डिजेल दिएर ठगी गरिरहेको खुलासा भएको हो ।

एपीएफको पेट्रोल पम्पबाट कम परिणामको डिजेल दिएको गुनासो आएपछि केन्द्रीय अनुमगन टोलीले अनुगमन गर्दा उक्त पुष्टि भएको थियो । राज्यकै एउटा जिम्मेवारी अंगले यसरी संस्थागत रुपमा ठगी गर्छ भने अरुको विश्वास गर्न नसकिने अवस्था रहेको उपभोक्ता बताउँछन् ।

बुधबार नै कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको छ । यसले पनि कम परिणाममा पेट्रोल दिएर ठगी गर्दै आएको गुनासो आएको थियो । यसअघि मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।

सिल गरिएका पेट्रोल पम्पहरुले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।