0 COMMENTS

असाेज, २९ काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे बाह्राैं प्राज्ञसभा सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक समेत रहनु भएका मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हाे ।

सभालाई सम्बोधन गर्दै चैतन्यले नेपालमा कम्युनिस्ट नाममा संसदीय सत्तालाई स्वीकार गरेर मार्क्सवादी विचारधाराकाे बदनाम गराएको परिवेशमा यस इच्छुक प्रतिष्ठानले वैचारिक सांस्कृतिक रुपले दह्रो प्रतिवाद गर्नुपर्ने र मार्क्सवादी विचारलाई नयाँ पुस्तामा लैजाने गरि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जनतामा भाैतिकवादी चेतना जगनउने गरि सांस्कृतिक अभियान चलाउन प्रतिष्ठानका पदाधिकारीहरुलाई सुझाव दिनुभयो । चैतन्यले नेपाली जनताले लडेको महान् जनयुद्धको विद्रुपिकरण गर्न प्रतिक्रियावादीहरु लागिपरेको समयमा जनयुद्धको उदात्त संस्कृतिकाे संरक्षण गर्न र त्यसलाई लिपिवद्ध गर्न यस प्रतिष्ठानका प्राज्ञ सदस्यहरू सबैले कलम चलाउन जाेड दिनुपर्ने बताउनुभयो ।

प्रज्ञसभाका समेत अध्यक्ष रहेका कार्यसमितिका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डे्यकाे अध्यक्षतामा भएको सभाको सञ्चालन सदस्यसचिव मित्रलाल पंज्ञानीले गर्नुभएको थियो । उक्त प्राज्ञसभाले आ.व. २०७९/०८० काे लेखापरीक्षण प्रतिवेदन तथा आ.व. २०८०/०८१ काे वार्षिक अनुमानित बजेट र कार्यक्रम आवश्यक परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।