असोज २३, काठमाडौँ । चाडपर्व नजिकिएसँगै नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ ।
आज छापावाल सुन प्रतितोलाको एक लाख आठ हजार ९०० र तेजाबी सुन एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।