असोज २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा पुगेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६३ रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।