0 COMMENTS

असोज १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिकाअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौँला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ४५, गाँजर ११०, मूला सेतो ५०, भान्टा डल्लो ५०, भान्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, निगुरो ७०, रातो बन्दा २५०, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, केरा दर्जनको १५०, अनार ३८०, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४००, किवी ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ । यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परबर ५०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा १५०, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ७०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ६०, बरेला ९०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।