0 COMMENTS

भदौ १८, काठमाडौँ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एकजना पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका पुरुष अन्दाजी ४० वर्षीका हुन् ।

सूचना अधिकारी मिश्रका अनुसार उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी आज बिहान करिब २/३ बजे माथि छैटौं तलामा गएर हाम फालेका थिए 

अस्पताल प्रशासनले बुझ्दा उनका बिरामी कोही पनि अस्पतालमा नभएको पाइएको छ । यो मेरो मान्छे हो भनेर कोही पनि भन्न आएको छैन’ मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।