0 COMMENTS

भदौ ७, काठमाडौँ । मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल नजिक अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ । त्यसैले देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा लेखिएअनुसार आगामी २४ घन्टा सुदूर-पश्चिम प्रदेशलगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर-पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यी क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।