0 COMMENTS

भदाै १, काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक श्रम बजारमा कार्यरत चिया बगानबाहेकका सबै नेपाली श्रमिकको भत्तासहित पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ निर्धारण गरेको हो ।

सरकारले अघिल्लो पारिश्रमिकको तुलनामा १५.३३ प्रतिशत (२३ सय रुपैयाँ) ले वृद्धि गरेको हो । नयाँ पारिश्रमिक चालु आर्थिक वर्षको साउनदेखि नै लागू हुने गरी वृद्धि गरेको गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । सरकराले रोजगारदाता र ट्रेड युनियनसँग छलफल गरी नयाँ पारिश्रमिक निर्धारण गरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको  । राजपत्रअनुसार अब श्रमिकको मासिक आधारभूत पारिश्रमिक १० हजार ८ सय २० रुपैयाँ हुनेछ । महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ गरी १७ हजार तीन सय रुपैयाँ पुगेको छ । रोजगारदाताले नयाँ तलबमानअनुसार सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्नेछ ।

यसअघि २०७८ साउन १ देखि लागु भएको श्रमिकको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ थियो । यसमा आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ रुपैयाँ र महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ थियो । त्यसैगरी दैनिक ज्यालादारी श्रमिकका लागि दैनिक ६ सय ६८ रुपैयाँ तोकिएको छ । यसमा आधारभूत ४ सय १८ र महँगी भत्ता २५० रुपैयाँ छ । आंशिक समय मात्र काम गर्ने श्रमिकको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ । त्यसैगरी चिया बगानका श्रमिकको हकमा भने मासिक १३ हजार ८९३ रुपैयाँ पारिश्रमिक पुर्‍याइएको छ । यसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ छ ।

चिया बगानको दैनिक ज्याला ३ सय २३ रुपैयाँ आधारभूत पारिश्रमिकसहित ५ सय पुर्‍याइएको छ । चिया बगानमा प्रतिघण्टा ज्याला भने ६६ रुपैयाँ तोकिएको छ । चिया प्रशोधन र कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता भने ६३ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।