0 COMMENTS

साउन ३१, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ८२, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४२, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ६०, हरियो फर्सी ८०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ४०० रुपैयाँ, बन्दा लोकल २०, गाजर ९०, मूला सेतो ७०, सेतो रातो ५०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ६०, पिँडालू ५०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी ७०, लोकल काँक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जनको १३०, अनार २८०, नासपाती ७०, एभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ । यस्तै लप्सी ५०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ४५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५०, फूजी स्याउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।