0 COMMENTS

साउन २१, काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नमोबुद्द नगर एकता अधिवेशन भकुण्डे बेसिमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भएपछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नगर एकता अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले ज्ञानबहादुर तामाङको संयोजकत्वमा १३ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । जसमा सह-संयोजक केशब ओझा र सदस्यहरूमा गुन्जमान तामाङ, नारायण रिजाल, सुरज लामा, साहिली तामाङ, तिर्थ लामा र शंकर अधिकारी रहेका छन् र बाकी ४ जना अर्को बैठकले थप गरिने नगर संयोजक ज्ञानबहादुर लामाले बताए ।

एकता अधिवेशनमा जिल्ला इन्चार्ज सोमान तामाङ, जिल्ला संयोजक माधब गौतम सह-संयोजक ढोकप्रसाद अधिकारीको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।