0 COMMENTS

साउन १८, काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाइँमा गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।

अर्थमन्त्री महतले भने ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ ।’ मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे ।

‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढि हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ । समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत विरजंगको दुईवटा कार्यालयमार्फत प्राप्त हुन्छ ।’ उनले भने ‘हामीले राजस्व प्राप्त गर्नको लागि सबैभन्दा ठूलो जिम्मेवारी दुईवटा कार्यालयलाई छ । वस्तु बजारमा आएको छैन भने ठिक छ तर, आएर पनि राजस्व घट्यो भने हामीमाथि प्रश्न उठ्ने गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।